विश्वकै हाई अल्टिच्युडको मुस्ताङ गल्फ कोर्समा ४० खेलाडी भिड्दै

मुस्ताङ | भदौ २१, २०८०

विश्वकै हाई अल्टिच्युडको मुस्ताङ गल्फ कोर्समा ४० खेलाडी भिड्दै

पोखरा:   विश्वकै अग्लो उचाइमा रहेको दाबी गरिएको मुस्ताङको लोवाथाङ मुस्ताङ गल्फ कोर्समा भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुने भएको छ । 

 

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित मुस्ताङ लोवाथाङ मुस्ताङ गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुन लागेको जानकारी दिएको हो । 

 

खेलकुदलाई पर्यटनसँग जोड्नका लागि लोवाथाङमा मुस्ताङ गल्फ कोर्स निर्माण गरेर दोस्रो संस्करणको गल्फ च्यालेन्स आयोजना गरिएको पूर्व प्रदेश सांसद इन्द्रधारा विष्टले बताए । 

 

‘वर्षायाममा पोखरा लगायत तल्लो क्षेत्रमा, असार देखि असोजसम्म गल्फको मौसम छैन, यसैलाई ध्यान केन्द्रीत गर्न मुस्ताङ पुग्ने पर्यटकलाई जोड्न पनि गल्फ कोर्स निर्माण गरेका हौं, विष्टले भने, ‘खेलकुदलाई पर्यटनसँग जोड्ने हाम्रो लक्ष्य छ त्यसैलाई पूरा गर्न दोस्रो संस्करणको गल्फ च्यालेन्ज आयोजना गर्दै छौं ।’

 

 

उनले दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भएपछि भारतको पूर्वी सिक्किममा रहेको याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्ने बताए । 

 

‘लोवाथाङ स्थित मुस्ताङ गल्फ कोर्स समुन्द्र सहतबाट ४६४५(१५२३९.५ फिट) उचाईमा रहेको छ’, उनले भने, ‘यस कोर्समा दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भए, भारतको पूर्वी सिक्किमको कु–पुपमा रहेको (३९७०) याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्दै विश्वको उच्च उचाईमा रहेको गल्फ कोर्सको रुपमा दर्ज हुनेछ ।’

 

भारतको पूर्वी सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्स मानिदै आएको छ । लोवथाङस्थित मुस्ताङ गल्फ कोर्समा दोस्रो संस्करणको गल्फ कोर्स सम्पन्न भए ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाईमा दावी गर्दै ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज गर्ने तयारी गरिएको छ । 
 

भदौं ३० गते हुने दोस्रो संस्करणको गल्फ च्यालेन्समा काठमाडौं, पोखरा धरान र बुटवल लगायतका ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् जसमा ४ जना महिला रहेको आयोजकले जनाएको छ । 
 

इभेण्ट नौ होलमा ३÷४ ह्याण्डि क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बरावरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने पूर्वसांसद विष्टले बताए । 


 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्